इनरुवा । इनरुवा ३ मा रहेको स्मल हेभेन एकेडमीले आज अभिभावक दिवस मनाएको छ। स्मल हेभेन एकेडमीको प्राङ्गणमा उक्त अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अथिती इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रधानअध्यापक आशिष थापाले गर्नु भएको थियो।
विधार्थी, अभिभावक, व्यवस्थापक र विधालय बीचको परसपर सम्बन्ध सुमधुर हुने अभिप्रायले अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सञ्चालन गरिएको एकेडमीका प्रवन्धक तथा निर्देशक राजु खड्काले इनरुवा अनलाईन संग बताउनुभयो।निर्देशक खड्काका अनुसार अतिरिक्त क्रियाकलापमा सहभागी भएका विधार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार एवं प्रमाणपत्र वितरण गरिएको थियो। अध्ययनमा उत्कृष्ट ठहरिएका विधार्थीहरुलाई समेत पुरस्कार एवं प्रमाणपत्र वितरण गरिएको थियो। स्मल हेभेन एकेडमीमा अध्ययनरत विधार्थीहरुबाट विभिन्न सांस्कृति झल्काउने एवं भाषाभाषीका गायन,नृत्य समेतको प्रस्तुति रहेको थियो।
कार्यक्रमको विशिष्ट अथितीका रुपमा जिल्ला शिक्षा समिति सदस्य बसन्त अधिकारी, इनरुवा नगरपालिकाकी पुर्व उपमेयर जमुना पोख्रेल गौतमको उपस्थिति रहेकोथियो। एकेडमी व्यवस्थापकका अनुसार आज सम्पन्न भएको कार्यक्रममा नर्सरी देखि १२ कक्षा सम्मका सम्पुर्ण विधार्थी एवं तिनका अभिभावकहरुको उत्साहाजनक उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषण एकेडमीका संचालक सदस्य हरेराम मिश्रले गर्नु भएकोथियो। पछिल्लो समय गुणस्तरीय शिक्षाकालागि इनरुवा एवं आसपासका अभिभावक तथा विधार्थीहरुको पहिलो रोजाईमा स्मल हेभेन एकेडमी पर्दै आएको प्रधानअध्यापक आशिष थापा बताउनुहुन्छ।