इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भू-भागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो। कोसी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रुपमा शुरुवात गरिएको अभियानलाई नाकाको सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ।

नेपाली भूमि जो कोहीले परैबाट चिन्न सकुन् भन्ने उद्देश्यसाथ सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।आचार्यले भारतसँग सीमा जोडिएको सुनसरी तर्फको ६२ किलोमिटर नाका क्षेत्रका हरेक प्वाइन्ट, बीओपी सहितका सुरक्षा निकायका पोष्ट र खुला रुपमा रहेका हरेक नाकामा राष्ट्रिय झण्डा राखिने बताउनु भयो ।

प्रजिअ आचार्यले सीमा क्षेत्रको भूमिमा राष्ट्रिय झण्डा फहराउँदा सीमावासी नेपालीमा राष्ट्रियताको भावना थप उच्च हुने विश्वास समेत व्यक्त गरे।
सीमावासी सादा पोशाकका पहरेदार भएकाले सीमा सुरक्षा र संरक्षणका सवालमा समेत राष्ट्रिय झण्डा अभियान सार्थक हुने उनको विश्वास छ।
‘सीमा क्षेत्रको अवस्थासँगै स्थानीयको समस्या र गुनासो बुझ्न पैदल यात्रामा निस्किएका थियौँ। सो क्रममा भारतसँगको खुला नाका क्षेत्रमा नेपाली भूभाग कहाँसम्म पर्छ भनेर ठम्याउन जो कोहीले नसक्ने अवस्था देखियो। राष्ट्र र राष्ट्रियाताको हितमा आवश्यकता समेत महसुस भयो। सोही बमोजिम राष्ट्रिय झण्डा फहराउने अभियानमा जुटेका हौँ,’ उनले भने।

नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढाएको सुनसरी प्रशासनले दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमितर्फ बनाएका केही सुरक्षा पोष्ट समेट हटाइएको जनाएको छ। नाकाका समस्या र स्थानीयका गुनासोबारे दुई देशीय सुरक्षा बैठकमा कुरा उठाउने समेत जनाएको छ। नाका क्षेत्रमा भारतीय पक्षले यस अघिबाट नै आफ्नो क्षेत्र लक्षित झकिझकाउ पार्ने र आफ्नो देशको उपस्थिति दर्शाउने क्रियाकलाप गर्दै आएको छ । नेपाल तर्फको सुनसरीको भूभागमा भने राष्ट्रिय झण्डा अभियान सुनसरी प्रशासनको पहिलो कदम हो।जसलाई स्थानीयवासीले प्रसासनको सही निर्णयका रुपमा लिएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia