काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम अर्थात् अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो देश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन्। गृहमन्त्री लामिछानेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई उक्त अपिल गरेका हुन्।

‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन’, गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो? तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्नेगरी काम गर्नुहोस्। मेरो शुभकामना छ। जय नेपाल (पार्टीवाला होइन, देशवाला)।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia