- सुरेन्द्र मेहता

गढी। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको गाढी गाउँपालिकामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ। गाढि गाउँपालिका ६ सतेरझोरामा उक्त संस्थाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो।

गाढी वडा नं. ६ मा रहेको आशा लघु वितिय शाखा कार्यालयमा पाँच जना कार्यरत छन्। संस्थाले ३ करोड १४ लाख ३१ हजार ५ सय २४ रुपियाँ बराबरको लगानी रहेको छ भने संस्थाले ३९ लाख ६५ हजार ५ सय ४ रुपियाँ बचत रहको छ। शाखा प्रमुख जहन किस्कुका अनुसार गढी, इनरुवा, दुहबी बर्जु तथा देवानगञ्जमा सेवा तथा कार्यक्रम संचालन भै रहेको छ।

आजको वित्तीय साक्षरता कार्यक्रमका मुख्य प्रशिक्षकको रूपमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालयबाट संचालन तथा सामान्य विभाग प्रमुख सुरेश बोहराले प्रशिक्षण दिनु भएको थियो। बोहराले सहभागीहरुलाई वित्तीय साक्षरता तथा केन्द्रको आवश्यकताको बारेमा प्रशिक्षण दिनुभएको थियो। बोहराले ऋण, बचत सेवा सुबिधा बैंक तथा वितय संस्थाको नियम, ऐन, एकीकृत निर्देशिका र परिपत्रहरु बैंक तथा वितीय संस्थाका प्रकारहरुका बारेमा प्रशिक्षणको क्रममा प्रष्ट पार्नु भएको थियो।

गाढि गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष योग नारायण चोधरीको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । वडा सचिव शिव दयाल साह, ईलाका प्रहरी छिटाहाका इन्चार्ज भक्त बाहदुर थापा, वित्तीय संस्थाका कर्मचारीहरु एवं सेवाग्राहिहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन रोहित कुमार यादवले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia