भोक्राहा नरसिंह गाउँपालिकाले क्षमता अभिवृध्दि अन्तर्गतको कोपोमिस (COPOMIS) तालिम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका भित्र सञ्चालनमा रहेको ३८ वटा सहकारी संस्थाहरुलाई लक्षित गरि उक्त तालिम सञ्चालन गरेको हो। कुल ३८ वटा सहकारीलाई २ समुहमा विभाजन गरि ४ दिन सम्म उक्त तालिम कार्यक्रम सञ्चालन भएको हो। पहिलो चरणमा चैत्र २२ देखि २३ सम्म र दोस्रो चरणमा चैत्र २५ देखि २६ सम्म तालिम सञ्चालन भएको हो। सहकारी व्यवस्थापन तथा सहकारी अनलाईन प्रणालीका विषयमा वृहत ज्ञान र सीप प्रादान गरिएको भोक्राहा नरसिंह गाउँपालिका सहकारी शाखाका विपुल यादव बताउनुहुन्छ।

राष्ट्रिय निती अनुरुप देशभरिका सम्पुर्ण सहकारीहरुले अनलाईन प्रणाली अनुरुप डाटावेस अध्यावधिक गर्नुपर्ने भएकोले सो सम्बन्धि पुर्ण रुपमा प्रयोगात्मक अभ्यास कक्षा तलिम अवधिमा सहभागीहरुलाई गराईएको यादव बताउनुहुन्छ।



भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे तालिमको उद्घाटन सत्रमा सहकारीको काम कर्तव्य तथा नितीनियमहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो। प्रमुख प्रशासकिय अधिकृत घिमिरेले राम्रो र उत्कृष्ट काम गर्ने सहकारीको आफु जहिले पनि पक्षमा रहेको बताउनुभयो।

चार दिन सम्म सञ्चालन भएको क्षमता अभिवृध्दि अन्तर्गतको कोपोमिस (COPOMIS) तालिमको सहजकर्ता तथा प्रशिक्षकको रुपमा भोक्राहा नरसिंह गाउँपालिका सहकारी शाखाका विपुल यादव तथा किशोर लुईटेल हुनुहुन्थियो। तालिम इनरुवा वडा नं १ स्थित एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंगमा सम्पन्न भएको थियो भने सुचना प्रविधि संग सम्बन्धित प्राविधिक सहयोग पनि सोहि संस्थाले दिएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia