इनरुवामा भोली देखि इनरुवा महोत्सव हुने भएको छ। सन्तावन्न युवा क्लब इनरुवा, सुनसरीको आयोजनमा उक्त महोत्सव सञ्चालन हुने भएको छ।

वैशाख २४ देखि जेष्ठ ७ गते सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सांगितिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने छ भने विभिन्न प्रकारका व्यापारिक स्टलहरु रहने आयोजक क्लबका अध्यक्ष सत्य नारायण यादवको भनाई रहेको छ। यादवका अनुसार स्थानिय व्यापार तथा उत्पादनलाई प्रबर्धनकालागि महोत्सवको आयोजना गरिएको हो।

विभिन्न प्रकारका खाध्य पदार्थ तथा रोटे पिंग देखि अन्य मनोरञ्जनका वस्तु समेत राखिने महोत्सवलाई आयोजकले प्रथम इनरुवा महोत्सव २०८१ नाम दिएको हो। इनरुवा रंगशाला (जेल फिल्ड) मा भोली देखि सञ्चालन हुने महोत्सवमा सहयोगीको रुपमा इनरुवा नगरपालिकाको कार्यालय, इनरुवा जेसीज तथा फुलबारी क्रिकेट क्लब रहेको छ भने सल्लाहाकारको रुपमा उधोग वाणिज्य संघ इनरुवा रहेको छ।

नेपली कांग्रेस सुनसरीका पुर्व सभापति राजिव कोईराला प्रमुख अतिथि रहने महोत्सवको भोली वैशाख २४ गते सोमबार साझ ६ बजे उद्घाटन कार्यक्रम राखिएको आयोजकको भनाई छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia