हिक्मत कुमार कार्कीले आज कोशी प्रदेशको मुख्यमन्त्रीकालागि विश्वासको मत लिने भएका छन् । नियुक्त मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसले तयारी गरेको छ । औपचारिक निर्णय गर्न कांग्रेसले बिहान संसदीय दलको बैठक बोलाएको छ ।

 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै दलका सांसदले विश्वासको मत दिने देखिएको छ ।

यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छिन् । राप्रपाले पनि विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गरिसकेको छैन ।

एकीकृत समाजवादीका सांसदहरू भने प्रदेशसभा बैठकमा अनुपस्थित रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia