मधेस प्रदेशमा नया सरकार गठन हुने भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि ६ दल मिलेर संयुक्तरुपमा सरकार बनाउने दाबी पेस गरेका हुन ।


एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरुपमा सरकार गठन गर्ने दाबी पेस गरेका हुन । गठबन्धनको दाबी बमोजिम आजै जनमत पार्टीका सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेर पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

कुन पार्टीलाई कुन मन्त्रालय ?

सरकारमा सहभागी ६ दलहरुमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्री सहित २, एकीकृत समाजवादीलाई २ र नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एक÷एक मन्त्रालय भागबन्डामा परेको छ ।

एमालेको भागमा भौतिक, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय परेको छ भने माओवादीलाई अर्थ र पर्यटन मन्त्रालय परेको छ ।

यसैगरी जनमतलाई मुख्यमन्त्री सहित वन मन्त्रालय परेको छ भने एकीकृत समाजवादीको भागमा ऊर्जा र कृषि मन्त्रालय परेको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा रोजगार र नेपाल सङ्घीय समाजवादीलाई गृह मन्त्रालयको जिम्मेवारी परेको छ ।

प्रदेश सभाबाट बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले दाबी पेस गर्न आह्वान गरेकी थिइन । सोही समय सीमाभित्र ६ दलले आज दाबी पेस गरेका हुन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia