सुनसरीको इटहरी स्थित प्रिमियर ग्लोबल स्कुलले विधार्थी संगको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।अषाढ १५ गते १ सय ७ जना विधार्थीको उपस्थितिमा उक्त कार्यक्रम इनरुवामा सम्पन्न भएको हो। कार्यक्रममा प्रिमियर ग्लोबल स्कुलका अध्यक्ष मुकुन्द घिमिरे, प्रिन्सिपल सुभाष लुईटेल लगायतको उपस्थिति रहेको थियो।
एस.ई.ईको नतिजा पश्चात उच्च शिक्षा अध्ययनकालागि कस्तो किसिमको विषय छनौट गर्ने र कस्तो किसिमको विषय छनौटले भविष्य सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो।
पछिल्लो समय उच्च तथा व्यावसायिक शिक्षाकालागि प्रिमियर ग्लोबल स्कुल कोशी प्रदेशमा लोकप्रिय बन्दै गएको प्रिन्सिपल लुईटेलको भनाई छ। कक्षा ११ र १२ लाई लक्ष्ति गरि हामी व्यावसायिक शिक्षालाई अझ स्तरीय बनाउन तत्पर छौ। प्रिन्सिपल लुईटेलका अनुसार व्यवस्थापन, कम्प्युटर विज्ञान तथा होटल म्यानेजमेन्ट सम्बन्धि विषयमा अध्ययन अध्यापन गराउदै आएका छौ।
अध्ययन पश्चात पर्याप्त मात्रामा रोजगारीको सम्भावना रहेको अध्यक्ष मुकुन्द घिमिरेको कथन छ। उक्त अभिमुखिकरण कार्यक्रमको सहजिकरण इनरुवा १ मा रहेको एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंगले गरेको थियो।