सप्तकोसी नदीमा पानीको बहाव उच्च भए संगै ब्यारेजको ५६ वटै ढोका खुलिएको छ। आज आइतबार बिहान ९ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक पानीको बहाव मापन गरेको छ।

पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलिएको हो। सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ ।

पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो । पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia