काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटना स्थल पुगेका छन् । बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने बित्तिकै दाहिने मोड्ने क्रममा विमान दुर्घटनाग्रस्त हुदा १८ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री ओलीले दुर्घटना स्थलको निरीक्षण गर्दै गृहमन्त्री, नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग दुर्घटना बारे जानकारी लिएका छन् । दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष रत्न शाक्यको भने अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

पाइलट शाक्यको मेरुदण्डको अपरेशनका लागि अपरेशन थिएटरमा लगिएको जानकारी प्राप्त भएको छ।

त्यस्तै उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेशन गर्नुपर्ने चिकित्सकको भनाई छ।

सौर्य एयरलाइन्सको जहाज उडान भर्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाइलट शाक्यको घाइते अवस्थामा उद्दार गरिएको थियो भने पाइलट बाहेक सबैको निधन भएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia