इनरुवा। दुहबीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहबीकी ६ वर्षीया बालिकालाई अपहरण गरेर विराटनगर १० मा बन्धक बनाएर राखेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दुहबीमा साउन १५ गते मङ्गलवार दिएको निवेदनका आधारमा प्रहरीले हराएको बालिकालाई बुधवार विराटनगरबाट सकुशल उद्धार गरिएको हो।

घटनामा संलग्न विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० का ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको छ।

यीमध्ये सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको विराटनगर १० मा रहेको डेरामा ल्याएर राखेको प्रहरीले बताएको छ ।

सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठुलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।

बालिकाको ठुलीआमा वैदेशिक रोजगारीमा जानका लागि काठमाडौँ गएकी थिइन् ।

उनीसँग सञ्जयको केही भित्री सम्बन्ध थियो । उनलाई रोक्नका लागि मङ्गलवार बालिकाको अपहरण गरेर मामालाई फोन गरिएको थियो ।

सञ्जयले दिदी (बालिकाको ठुलीआमा) लाई फिर्ता बोलाउन समेत भनेको खुलेको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीका अनुसार सञ्जय पासवानले खेलिरहेको अवस्थामा बालिकालाई लिएर गएका थिए ।

चिनजानकै भएका कारण बालिका पनि उनीसँग सहजै गएकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान गर्ने कार्य भई रहेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी भण्डारीको भनाई छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia