- अजित झा

इनरुवा। सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले साउनको बाढीका बेलमा बर्षाले क्षतिग्रष्त बनेको ग्रामिण सडकबाटोमा मर्मत सम्भारको कार्य सुरु गरेको छ ।

जिल्लाको दक्षिणवर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाबाट इनरुवा आउनेका लागि मुख्य बाटोको रुपमा रहेको इनरुवा कौवाखोच निर्माणको चरणमा रहेको र त्यसको बैकल्पिक बाटो शङकरपुर नहरको डीलबाटोमा बाढी र बर्षाले क्षतिग्रष्त भएका बेलामा मर्मत सम्भारको कार्य थालेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

बर्षासंगै आएको बाढीमा परेर बाटो जिर्ण तथा भत्केका कारणले समस्या हुदै आएकामा मर्मत सम्भावरको कार्य भएपछि स्थानीय जनतालाई आवतजावत गर्नका लागि सहज हुने इनरुवा नगरपालिकाका उप–प्रमुख बिनिताकुमारी मेहताले जानकारी दिनुभयो ।

बाटो जिर्ण भएपछि निर्माण तथा मर्मत सम्भार गर्नुपर्ने माग गर्दै नागरिक समाजको तर्फबाट लिखित रुपमा दबाब र स्थानीय दुर्घटनामा पर्न थालेपछि बाढी र बर्षाले क्षतिग्रष्त बनेको सडकबाटोमा मर्मतको कार्य थालेको इनरुवा नगरपालिकाले जनाएको छ ।

नहरको बाटोमा बाढी र बर्षाले केही ठाउँमा क्षतिग्रष्त बनेको तथा सीमावर्ती हरिनगर, देवनागञ्ज र बर्जु गाउँपालिकाका स्थानीयलाई आवत जावत गर्नका लागि समस्या भएकाले सडकबाटोमा मर्मतको कार्य थालेको प्रमुख भण्डारीले बताउनुभयो ।

दैनिक सीमावर्ती क्षेत्रका किसान र सर्वसधारणलाई सदरमुकाम इनरुवा आउनका लागि इनरुवा ९ बबिया र इनरुवा १० जल्पापुरको शङकरपुर शाखा नहर हुदै आउनुपर्ने बाध्यता रहेको छ ।

बाटो मर्मत सम्भार नभएका कारणले यीबाटो भएर आउने सवारी सधान बिग्रीनुका साथै स्थानीयवासीलाई समस्या हुदै आएकोमा बाटोको मर्मत सम्भावरको कार्य भएपछि आवतजावतकोे समस्या तत्कालका लागि निवारण भएर जाने प्रमुख भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia