नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री नेता बिशेश्वर प्रसाद (वि.पि.) कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँ कार्यसमितिले वडा नम्बर ४ जामिया मदर्शा छेउको इदगाह फिल्डमा बृक्षरोपन कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा २०० विभिन्न उन्नत जातका बोटबिरुवा रोपिएको हो। उक्त बृक्षरोपन कार्यक्रम नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका उपसभापति मुस्तक मियाको अध्यक्षता र कोशी प्रदेश सभा सदस्य माननीय इस्राइल मन्सुरीको प्रमुख अतिथित्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल मुस्लिम संघ सुनसरीका सभापति तथा भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अन्सारी, नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र न. ४ का सहकारी विभाग प्रमुख राजेन्द्रप्रसाद मेहता,

नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका सचीव कृपाराम मेहता, सहसचिव तथा नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन, भोक्राहा नरसिंह ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी,

नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह ६ का सभापति जमालुद्दिन मन्सुरी, स्थानीय नेता मिथलेश यादव, रामेश्वर खत्वे, सुनिल कुमार साह, धर्मनाथ भगत, श्यामदेव मेहता लगायतको सहभागी रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia