- देवराज यादव

भण्टाबारी। सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीको टोलीले ८० हजार मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक आवेश पुनको नेतृत्वमा खटिएको टोलीले गाेप्य सूचनाको आधारमा पटका बरामद गरेको हो। सीमावर्ती क्षेत्र भारतबाट नेपालतर्फ ल्याइँदै गरेका पटका अवैध तस्करीका क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

विशेष निगरानी र सूक्ष्म अनुगमनपछि, प्रहरीले भारतबाट ल्याइएको पटका नियन्त्रणमा लिन सफल भएको हो। केही अगाडि मात्र सुनसरीको कोशी गाउँपालिका सशस्त्र प्रहरी लौकहीले ६० हजार मूल्य बराबरको पटका बरामद गरेको थियो ।

सशस्त्र प्रहरी लौकहीले चेक जाच गर्ने क्रममा उक्त पटका नियन्त्रणमा लिइएको हो। स्थानीय स्रोतले बताएअनुसार, पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा पटका लगायतका अन्य वस्तुहरूको अवैध तस्करीमा वृद्धि भएको छ, जसले सुरक्षा निकायहरूलाई थप सक्रिय बनाएको छ। सशस्त्र प्रहरी निरीक्षक आवेश पुनले भने, “हामीले सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरूलाई निरन्तर निगरानी गरिरहेका छौं।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia