इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्तरीय आधारभूत तह(कक्षा ६-८) अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको विद्यार्थिहरुलाई गाउँपालिकाले स्वागत सम्मान गरेको छ ।

शुक्रबार पालिकामा एक कार्यक्रमको योजनागरि प्रतियोगिता सम्पन्न गरेको हो। अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेमा श्री शारदा माध्यमिक विद्यालय रामपुर ढोक भएको छ भने द्वितीय हुने श्री जनता मा वि भोक्राहा नरसिंह-७, तृतीय हुने जामिया स्लामिया र शान्त्वना स्थान हासिल गर्ने श्री आधारभूत विद्यालय अकाहाले जित हासिल गरेको छ।

जित हासिल गरेका सहभागी विद्यार्थिहरुलाई गाउँपालिका अध्यक्ष र शिक्षा शाखाले प्रमाणपत्र, नगद सहित अबिरको टीका लगाइ स्वागत सम्मान गरिएको शिक्षा शाखाले जनाएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव, शिक्षा समिती कार्यालय सचिवालय सदस्य कृष्ण राज विष्ट, शिक्षा शाखा प्रमुख रमेश चन्द्र तिमल्सिना लगायत विद्यालयका शिक्षक सहित सहभागी विद्यार्थिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia