इनरुवा । इनरुवा जेसिजको ४१ औं पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । इनरुवाको रोयल होटलमा पदस्थापन तथा पुरस्कार वितरण समारोह कार्यक्रममा इनरुवा जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विकेश मेहताले वर्ष २०२५ का अध्यक्ष जेसी सत्यनारायण यादवलाई चेनसहित जेसिजको पदभार हस्तान्तरण गरेका थिए ।

कार्यकारिणी उपाध्यक्षमा जेसी मिलन र जेसी सचिन यादब, कानुनी सल्लाहकारमा जेसी निस्चल कार्की, महासचिव जेसी सन्जय यादव, कोषाध्यक्ष जेसी विक्रम बिकाश गुप्ता, उपाध्यक्ष जेसी राहुल शाह, जेसी क्षितिज पोख्रेल, जेसी बिक्रम कुमार पौदार र जेसी आरिफ हुसेन चयन भएका छन ।

कार्यक्रमको मुख्य आकर्षण नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा इनरुवा जेसिज १९९६ का अध्यक्ष राजीव कोइराला रहनुभएको थियो भने पूर्व राज्यमन्त्री सिताराम मेहता, जिल्ला समन्वय समिती महासंघका केन्द्रिय सभापति राजन मेहता, नेपाली कांग्रेस सुनसरी सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारी, हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारी, सुनसरी प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

समाजमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई कार्यक्रममा पुरस्कार तथा सम्मान पत्र वितरण गरि सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia