कोशी पर्यटन वर्षको मूल आयोजक समिति बृहत बैठक सम्पन्न भएको छ। सुनसरीको कोशी गाउँपालिकामा रहेको कोशी टप्पुमा बिहिबार बैठक सम्पन्न भएको हो।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैठकको औपचारिकता दिदै कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउनुभएको छ।
मुख्यमन्त्री कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताउनुभएको छ ।
बैठकमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताउनुभयो ।
उहाँले भारतको बिहार, पश्चिम बंगाल लगायतका पर्यटकलाई नेपाल भित्र्याउनकालागि आवश्यक समन्वय र सहजीकरण गर्ने जानकारी दिनुभयो ।
आगामी वर्षदेखि पर्यटन प्रवर्धन र विकासका लागि प्रदेश सरकार ले बजेटमा समेत वृद्धि गर्नेे मुख्यमन्त्री कार्कीले जानकारी दिनुभएको छ।
कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ ।








