इनरुवा। नेपाल तरुणदल सुनसरीको वृहत् बैठक सम्पन्न भएको छ । फाल्गुन ८ गते विहिवारका दिन नेपाली काङ्ग्रेस सुनसरी जिल्ला पार्टी कार्यालयको सभा हलमा उक्त बैठक सम्पन्न भएको हो ।
उक्त बैठकमा जिल्लाभरका १ सय जना भन्दा बढी तरुण दलका सदस्यहरुको उपस्थिति रहेकोे थियो भने बैठक बाट फाल्गुन १० गते देखि खटिने गरि गाउँ, नगर जिल्ला कमिटीबाट प्रतिनिधि र पुर्ण सदस्य फारम भरि केन्द्रमा पठाउने निर्णय भएको छ ।
नेपाल तरुण दलको अधिवेशन नजिकिदै गर्दा जिल्लाका तरुणहरु तिब्र रुपमा लागेको नेपाल तरुण दल सुनसरीका जिल्ला सचिव रमेश कटुवाले जानकारी दिए। कार्यक्रमा तरुण दलका केन्द्रिय सदस्य देवेन्द्र लिम्बू, जनक घले, प्रेम मुकारुङ्ग, विशालध्वज कटुवालको उपस्थिति रहेकोे थियो ।
केन्द्रिय सदस्यहरुले बोल्ने क्रमा सबै वडा, क्षेत्र तथा नगरलाई समयमै अधिवेशन सम्पन्न गर्नलाई फाल्गुन २० गते भित्र पुर्ण सदस्य फारम भरी पठाउने तथा नविकरण गर्न निर्देशन दिएका छन।
साथै तरुणको मर्म र भावना अनुरुप “चेन अफ कमान्ड”मा रहि काम गर्न आग्रह समेत गरेका छन। बैठकको अध्यक्षता नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गले गरेका थिए
भने उपाध्यक्षदोय सन्तोष विक र दिल कुमार राई सचीव रमेश कटुवाल, कोषाध्यक्ष अनिरुद्ध मण्डल, सह सचिव ओम प्रकाश गौतम लगायत सय जना भन्दा बढीको उपस्थिति रहेकोे थियो।