इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले आयोजना गरेको तेस्रो नेपाल विद्यार्थी संघ म्युजिकल चेयर प्रतियोगिता २०८१ आज सम्पन्न भएको हो।
क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई उक्त प्रतियोगितामा सहभागी गराईएको थियो। प्रतियोगितामा छात्रातर्फ मन्दिरा कुमार चौधरी प्रथम, लक्ष्मी दास द्वितीय तथा पुजा कर्ण तृतीय भएका थिए।
त्यसैगरी छात्रतर्फ खालिद सैफुल्लाह प्रथम, उमेश यादव द्वितीय तथा मुर्तुज आलम तृतीय भएका थिए। विजेता सम्पुर्णलाई डायरी, कलम तथा प्रमाण पत्र वितरण गरिएको थियो।
कोशी प्रदेश सभा सदस्य माननीय इस्राइल मन्सुरीको प्रमुख आतिथित्यामा प्रतियोगिता सञ्चालन भएको थियो भने विशिस्ट अतिथिको रुपमा जिल्ला समन्वय समित सुनसरीका प्रमुख राजन मेहताको उपस्थिति तहेको थियो।
त्यसैगरि अतिथिहरुमा नेपाल तरुण दल केन्द्रिय सदस्य सुनिल कुमार साह, नेपाल विद्यार्थी संघ सुनसरीको उपसभापति सेराज हुसेन, नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पसको पुर्व सभापति सन्तोष शर्मा, जिल्ला सहसचिव नन्दन गुप्ता, सदस्य विशाल ठाकुर, सन्तोष साह लगायतको उपस्थिति रहेको थियो। नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इनरुवाका का.वा.सभापति सुनिल कुमार मण्डलको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो।