विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ को कदमाहामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए ।
हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बताए । आगलागीबाट १२ घर परिवारको १६ वटा छाप्रा जलेका छन् । हाल आगलागी नियन्त्रणको काम भईरहेको चिमरियाले बताए ।
साना छाप्रा घर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ । आगो आज दिउसो तिर लागेको थियो।








