नेपाल चिकित्सक संघ कोशी शाखाले आज सुनसरी जिल्ला प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र मार्फत शाखाले स्वास्थ्य सेवा क्षेत्रमा हाल उत्पन्न हुदै गएको संवेदनशील परिस्थिति तथा त्यसको समाधानकालागि आवश्यक सरकारी कदमबारे जानकारी गराईएको छ।

सरकारी तथा निजि मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु केहि दिन देखि विभिन्न मागँहरु राखि आन्दोलनमा छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाईने सो ज्ञापन पत्रमा वैशाख ११ गते सम्म माग पुरा नभएको खण्डमा वैशाख १२ गते देखि देशभर आकस्मिक सेवा बाहेक सम्पुर्ण सेवा पुर्ण रुपमा ठप्प गरिने उल्लेख गरिएको छ।

ज्ञापन पत्र मार्फत विगतका निर्णयहरु पुर्ण कार्यान्वयन गर्न, निजि मेडिकल कलेजमा निर्वाहा भत्ताको व्यवस्था, कार्यसमय निर्धारणको स्पष्ट नीति जस्ता मागहरु उल्लेख गरिएको छ। नेपाल चिकित्सक संघ कोशी शाखाका अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, डा. राजाबाबु मण्डल, डा. रंजित सिंह(राघव) लगायत सदस्यहरुको उपस्थिति रहेको थियो।
तस्विरः रासस

तपाईको प्रतिक्रिया

trusted online casino malaysia