इनरुवा। जिल्ला अस्पताल सुनसरी इनरुवाका कर्मचारीहरूको उत्कृष्ट कार्यको सम्मान गरिएको छ। १८औं गणतन्त्र दिवसको उपल्क्ष्यमा चिकित्सा सेवामा विशेष योगदान दिएको भन्दै मेडिकल अफिसर डा. रंजित सिंह मेहता, नरसिंग इन्चार्ज सीता बास्तोला र अनमी ललिता चौधरी लगायतका स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरिएको हो।

सम्मानित हुनेमा स्वास्थ्यकर्मी सहायक चिकित्सक उज्ज्वल दाहाल, फिजियोथेरापिस्ट सितेस यादव र कार्यालय सहयोगी सुबोध चौधरी पनि समावेश छन्। यसका अतिरिक्त नेपाल प्रहरीका हवलदार सुरेस मंडल र सुरक्षा गार्ड नविन राणा मगरलाई पनि सम्मानित गरिएको छ।

यस समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समिति, समन्वय समिति महासंघ तथा जिल्ला अस्पताल सुनसरीका अध्यक्ष राजन मेहता, अतिथिहरुको भुमिकामा कोशी गाउँपालिका अध्यक्ष एयुब अंसारी, नेपाल प्रहरी प्रादेशिक अस्पताल सुनसरीका प्रमुख डा. सरोज सिंह, अस्पताल व्यवस्थापन समिति सदस्य लक्ष्मन कार्की लगायत विभिन्न समाजसेवी र आगन्तुकहरूको उपस्थिति रहेको थियो।

सम्मेलनको अध्यक्षता गर्दै मे.सु डा. अमिताभ ठाकुरले भने, “हाम्रा स्वास्थ्यकर्मीहरूले कठिन परिस्थितिमा पनि सेवा प्रदान गरिरहेका छन्, जसको कदर गर्नुपर्छ।” सम्मानित कर्मचारीहरूले यो सम्मान आफ्ना साथीहरूको मेहनत र सहयोगको परिणाम भएको बताएका छन्।

आर्थिक र सामाजिक चुनौतीहरूको बीचमा, यस प्रकारका सम्मानले स्वास्थ्य क्षेत्रका श्रमिकहरूको मनोबल उच्च बनाउने र समाजमा स्वास्थ्य सेवाप्रति जागरूकता बढाउने काम गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia