ईनरुवा। जिल्ला सुनसरीको नगरपालिका वडा नम्बर ३ स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीको चेकिङ टोलीले ३ जना व्यक्तिहरुलाई लागू औषधसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा पश्चिमबाट पूर्वतर्फ पैदल गइरहेका ईटहरी उपमहानगरपालिका वडा नम्वर ३ बस्ने बिबेक अधिकारी (२८ वर्षीय), वडा नम्वर ४ बस्ने मनोज परियार (२२ वर्षीय) र मनिष राई (२६ वर्षीय)लाई शंका लागी कानूनी रुपमा खानतलासी गर्दा उनीहरुको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ र Nitracross लेखिएको ट्याबलेट फेला परेको थियो।
प्रहरी स्रोतका अनुसार मनोज परियार र मनिष राईको साथबाट ४ ग्राम ८२ मिली ग्राम लागू औषध तथा बिबेक अधिकारीको साथबाट ४ पिस Nitracross ट्याबलेट बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनाबारे थप अनुसन्धान जारी रहेको छ।








