इनरुवा ९ बबियामा रहेको सरस्वती मा.वि. का एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष श्री बसिरमुद्दिन मन्सुरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादवको अध्यक्षतामा सम्पन्न भएको छ । यस अवसरमा एसईईमा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाईका साथै पुरस्कार समेत वितरण गरिएको थियो ।

सरस्वती माध्यमिक विद्यालयबाट एसईईमा ३.६ भन्दा बढी जीपीए ल्याउने तीन जना छात्राहरूलाई विशेष रूपले सम्मान गरिएको थियो । उत्कृष्ट नतिजा ल्याउने तीनजना छात्राहरू किरण कुमारी यादव (३.८२ जिपिए), कृति कुमारी गुप्ता (३.७८ जिपिए) र मधु कुमारी यादव (३.७४ जिपिए) लाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादवले खादा लगाई प्रति विद्यार्थी नगद रु २१०० का दरले सम्मान गर्नु भएको थियो।

सभ्य र भब्य रूपमा सम्पन्न भएको कार्यक्रममा आफुले अध्यापन गर्ने विषयमा शत प्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरू उमेश प्रसाद यादव (अंग्रेजी), श्याम प्रसाद साह (सामाजिक), विष्णुप्रसाद उपाध्याय (ऐ. गणित) र रमेश कुमार चौधरी (लेखा) लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । सहायक प्रधानाध्यापक उमेश प्रसाद यादवले स्वागत मन्तव्य दिदै उत्कृष्ट जि.पि.ए. सहित उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी तथा निजका अभिभावकहरुलाई स्वागत गरी आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिनुभयो ।

उक्त कार्यक्रममा प्रधानाध्यापक तेजनारायण यादव, शिक्षक प्रतिनिधि श्याम प्रसाद शाह, शिक्षकहरू देवनारायण यादव, प्रकाश कुमार कायस्थ, रामनन्ध मण्डल, बिरेन्द्र प्र. मेहता, विद्यार्थीहरू सुरेन्द्र यादव, किरण यादव, कृति गुप्ता ले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै शिक्षक प्रतिनिधि श्याम प्रसाद साहले शिक्षा समाज परिवर्तनको मूख्य आधार भएकोले यस विद्यालयको गरिमालाई सधै उच्च राख्न अनुशासन, मेहनत, लगनशीलता, प्रतिज्ञा, अर्जुनदृष्टि लिई आगामी शैक्षिक यात्रामा उच्चतम सफलता प्राप्त होस र सफल तथा असल व्यक्तित्व निर्माण गरी आफ्नो कुल वंश, समाज र राष्ट्रको गौरव कायम राख्न सम्पूर्ण विद्यार्थीहरुलाई सुझाव दिनुका साथै कक्षा ११ मा पनि यसै विद्यालयमा अध्ययन गरी अझ उत्कृष्ट नतिजा ल्याउन समेत आग्रह गर्नुभयो ।

त्यसैगर शिक्षक देवनारायण यादव, बिरेन्द्र प्रसाद मेहता, रामनन्ध मण्डल, प्रकाश कुमार कायस्थले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राको सफलताको समेत शुभकामना दिनुभयो । साथै अझ उत्कृष्टता प्राप्त गर्न यो भन्दा पनि कडा मेहनत गर्नपर्ने र आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिनुपर्ने सुझाव समेत व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवले यस नगरपालिका भित्र सामुदायिक विद्यालयहरु मध्ये सरस्वती मा.वि.ले प्राप्त गरेको ऐतिहासिक सफलतामा विद्यार्थीहरुको मेहेनत, अभिभावकहरुको सहयोग, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादव तथा सम्पूर्ण पदाधिकारीको पूर्ण सहयोग, इनरुवा नगरपालिकाको साथ, ९ नं. वडाका वडाअध्यक्ष बसिरमुद्दिन मन्सुरी तथा सम्पूर्ण वडाका टिमको सहयोग साथै शिक्षकहरुको अथक प्रयास र मेहनतको फल हुनुका साथै हामीले शुरु गरेको प्रत्येक परीक्षाको मूल्याकंन प्रणाली तथा नतिजा विश्लेषण र टिमवर्कको परिणामस्वरुप यो सफलता प्राप्त भएकोले विद्यार्थी, शिक्षक, अभिभावक, वि.व्य.स.लगायत सम्पूर्ण सहयोगीहरुलाई आभार प्रकट गर्नुभयो । कार्यक्रमको सञ्चालन शिक्षक कृष्णराज तिम्सिनाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia