ईनरुवा। सुनसरीको ईनरुवा नगरपालिका क्षेत्रमा दुई व्यक्तिहरूलाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले साउन ३ गते हलेशि चोकमा चेकजाँच गर्दै उक्त कार्यवाही गरेको हो।

प्रहरीको खोज तलास सँगै मोटरसाइकलमा अढेस लागी बसिरहेका जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं. ०८ का मेहदिन मियाका छोरा मोहमद सफरुल र कोशि गाउँपालिका वडा नं. ०५ का मुसहरु यादवका छोरा अशोक कुमार यादवलाई पक्राउ गरिएको हो।
चेकजाँचको क्रममा अशोक कुमार यादवको साथबाट ४१.४४० ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको थियो भने मोहमद सफरुलको साथबाट Tramol-50 का ३५५० क्याप्सुल र Spasmo Proxyvon plus का १४४ क्याप्सुल पनि भेटिएको प्रहरीको रिपोर्टमा उल्लेख छ। प्रहरीको रिपोर्टमा थप अनुसन्धान भै रहेको समेत जनाएको छ।








