ईनरुवा– असोज ६ गते अपरान्हको समयमा ईनरुवा नगरपालिका वडा नं. ३ मा एकजना युवकलाई मोटरसाईकल चोरी गर्ने क्रममा रंगेहात पक्राउ गरिएको छ। स्थानीय व्यापारी कोमल दत्तको नाममा रहेको को.२९ प. ४६९६ नम्बरको मोटरसाईकल चोरी गर्दै गर्दा उनलाई समात्न सफल भएको थियो।

घटनाको समयमा स्थानीयले चोरलाई नियन्त्रणमा लिइ कुटपिट पनि गरेका छन्, जसका कारण चोरका मुखमा चोटपटक लागेको छ। अहिले उनको जिल्ला अस्पताल ईनरुवामा उपचार भइरहेको छ उनको र अबस्था सामान्य रहेको छ।

पक्राउ परेका व्यक्तिको पहिचान भारतको सुपौल जिल्लाका २५ वर्षीय प्रकाश कुमारको रूपमा भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार, प्रकाश कुमारले अवैध रुपमा मोटरसाईकल चोर्ने प्रयास गरेका थिए। अस्थाई प्रहरी पोष्ट सखुवागाछिबाट प्रहरी सहायक निरिक्षक दयाराम खतिवडाको कमाण्डमा ३ सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia