मोरङ । मोरङको विराटनगर महानगरपालिका–१७ बाट प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ।
असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको को.३८ प.५८५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा विराटनगर–१८ का ४१ वर्षीय बिरेन्द्र साहलाई नियन्त्रणमा लिएको हो।
उनको साथबाट लुकाइछिपाइ राखिएको १४ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका साहलाई आवश्यक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ।