- अजितकुमार झा

इनरुवा। शनिबार र आइतबारको बर्षासंगै आएको बाढीका कारणले सुनसरीमा एक हजार भन्दा बढी घर प्रभावित भएका छन् । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवा सहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगन्जमा गरेर जिल्लामा बाढीका कारणले १ हजार ३ सय ७० घर प्रभावित भएको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले बताउनुभयो । जिल्लामा रहेका बिभिन्न खोला तथा नदीमा आएको बाढीले ५ हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो ।

प्रभावित भएका घरमा पानी प्रवेस गर्नुका साथै आंशिक रुपमा क्षति समेत भएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । सुनसरी सदरमुकाम इनरुवामा दुई सय परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोलाको र पूर्वमा गडन खोलाको बाढीले इनरुवा नगरपालिकाको ३, ४, ९ बबिया र १० जल्पापुर सहित दर्जनौ बस्ति डुवानमा परेको स्थानीयले बताएका छन् ।

सुनसरी खोलाको बाढीले इनरुवा–३ को सदा बस्ती, इनरुवा ४ को मरिक बस्ती, उराँव बस्ती र बर्खेडाडा, इनरुवा ९ बबियाको राम टोल, खत्वे टोल र मुस्लिम टोल तथा इनरुवा नगरपालिका १० को जल्पापुर सहित मरिया खोला किनारमा बस्ने मुस्लिम बस्ति डुवानमा परेको स्थानीय मुस्तकिम मियाँले जानकारी दिनुभयो । इनरुवा नगरपालिका क्षेत्र भित्र जम्ममा दुई सय परिवार विस्थापित भएर स्थानीय विद्यालयमा बसोबास गरिरहेको इनरुवा नगरपालिका सूचना अधिकृत निरज पोखरेलले जानकारी दिनुभयो ।

सुनसरी खोलाको बाढीले भोक्राहा नरसिंह गाउँपालिका–४ को उराव टोल, सदा टोल, मुस्लिम बस्ति, यादव टोल, ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल सहितको पाँच यस घर डुवानमा परेको स्थानीय महेन्द्र यादवले जानकारी दिनुभयो । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–५ को बाबा पेपर मिल, विभिन्न स मिल, टपरा टोल, मुस्लिम बस्ति सहित ४ सय परिवार डुबानमा परेको र केही परिवार आशिंक रुपमा बिस्थापित भएको वडा अध्यक्ष हबिब मंसुरीले जानकारी दिनुभयो । भोक्राहा–७ को दास टोल, मण्डल र यादव टोलको एक हजार बढी घर डुवानमा परेको वडा अध्यक्ष बौवालाल यादवले जानकारी दिनुभयो ।

गडन खोलाको बाढीले गढी गाउँ गाउँपालिका–२ औरावनी, ५ र ६ नम्बर वडाको सतैरझोराको केही बस्ति डुवानमा परेको छ । बर्षाको पानीमा डुबेर भोक्राहा नरसिंह गाउँपालिका ७ का उपेन्द्र यादव रोहिता यादवको मृत्यु भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia