सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–४, बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागू औषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको को.३ प. ६६२३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा, चालक सुशिल भन्ने मोहन बहादुर श्रेष्ठ (३४, बराहक्षेत्र–१) र पछाडि सवार अहिस ताम्रकार (२७) को साथबाट जम्मा ५.८५ ग्राम ‘ब्राउन सुगर’ जस्तो देखिने लागू औषध बरामद गरेको हो। प्रहरीले दुबैजनालाई लागू औषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia