नेपाली काँग्रेस सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्न सदस्यहरूको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ।

सरकारी तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यलाई वडास्तरमै नामावली संकलन गरी सदस्यता रोक्ने निर्णय बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले गरेको हो।

जिल्ला सभापति केदार भण्डारीका अनुसार हिंसा भड्काउने कार्यकर्ताको सदस्यता नवीकरण हुने छैन। सभापति भण्डारीले २१ गते भित्र नामावली संकलन गरि पार्टी कार्यालयमा बुझाउन समेत निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia