इनरुवा। सुनसरीको रामधुनी नगरपालिका–२ मा असोज २५ गते सिटी रिक्सा चालक ४५ वर्षीय दिनेश कुमार चौधरीको गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ परेकामा रामधुनी–१ का राजेश (राजकिशोर) साह र नन्द किशोर साह, भोक्राहा नरसिंह–५ का मोहमद इब्रान मियाँ, देवानगञ्ज–४ का गियास मन्सुरी, देवानगञ्ज–५ का मिथलेश यादव, राजविराज–१६ का अंकित साह तथा राजविराज–९ का प्रिन्स कुमार दास रहेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार तन्त्र–मन्त्रका कारण मृतकले परिवारलाई लामो समयदेखि दुःख दिएको आरोपमा राजकिशोर साह र नन्द किशोर साहले योजनाबद्ध रूपमा इब्रान मियाँसहितका व्यक्तिसँग रकम लेनदेन गरी चौधरीको हत्या गराएको खुलेको प्रहरीको भनाइ छ। घटनामा संलग्न आरोपितहरूको मंसिर १७ गते जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia