- धीरेन्द्र नारायण मण्डल

इनरुवा। ‘कृषिमा उन्नति, देशको प्रगति’ नाराका साथ इनरुवा नगरपालिका–४ मा रहेको श्री रामजानकी कृषि सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन इनरुवा नगरपालिका–४ का वडाध्यक्ष बौवालाल मेहताले गर्नुभयो । उहाँले वडाका युवाहरूले कृषिक्षेत्रमा देखाएको सक्रियता र प्रयासको प्रशंसा गर्दै वडाबाट आवश्यक सहयोग र साथ निरन्तर रहने आश्वासन दिनुभयो ।

कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष राजकिशोर मण्डलले संस्थाको प्रगतिबारे तथा आगामी नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उहाँका अनुसार सहकारीमा ७५ जना महिला र ११३ जना पुरुष गरी कुल १८८ जना शेयर सदस्य रहेका छन् । सहकारीको हालको जम्मा ५८ लाख रुपियाँ पुँजी रहेको प्रतिवेदन उल्लेख गर्नु भएको थियो ।

वार्षिक साधारण सभामार्फत नयाँ कार्यसमितिका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिको संयोजनमा नयाँ कार्यसमिति तथा लेखा सुपरिवेक्षक समिति चयन गरिएको हो । बन्दशत्रमा निर्वाचन समितिद्वारा ११ सदस्यीय नयाँ कार्यसमिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षक समिति गठन गरिएको छ ।

निर्वाचनबाट भीमराज मण्डल कार्यसमितिको अध्यक्षमा र उमेशकुमार मण्डल लेखा सुपरिवेक्षक समितिका संयोजकमा निर्विरोध निर्वाचित भएका छन् । इनरुवामा छरिएर रहेको आम्दानीलाई संयोजन, व्यवस्थापन र बचतमा प्रोत्साहन गर्दै सहकारीले स्थानीयको आर्थिक भविष्य सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia