इनरुवा नगरपालिका वडा नं. ०५ स्थित सब्जी बजारमा फागुन ५ गते बेलुका करिब ७ बजे तरकारी खरिद गरी जाली नोट दिएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी बाट खटिएको टोलीले चेकजाँच तथा खानतलासी गर्दा इनरुवा नगरपालिका वडा नं. १० बस्ने वर्ष २५ का आजाद मियाको साथबाट ने.रू. ५०० दरका ८ थान जाली नोट जस्तो देखिने नगद फेला परेको प्रहरीले जनाएको छ। उक्त रकमसहित उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ।








