इटहरी – सुनसरी इटहरी उप-महानगरपालिका वडा नं. ०९ भद्रटोलमा बस्ने १६ वर्षीय सरोज न्यौपाने आफ्नै कोठाको ढोका भित्रबाट बन्द गरी बुधबार दिउँसो करिब ०२:३० बजे मृत फेला परेका थिए। मृतक सरोज नन्द बिष्टको घरमा डेरा बसेका बुद्धि सागर न्यौपानेका छोरा हुन्।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय इटहरीको टोली घटनास्थल पुगी शव बरामद गरेको थियो। घटनासँग सम्बन्धित रहेको भन्दै आत्महत्या दुरुत्साहन दिन नहुने कसुर अन्तर्गत जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भई निम्न उल्लिखित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। अदालतले ५ दिनको म्याद थप गरेको छ र इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेकाहरू:

अशोक न्यौपाने (२७), इटहरी उ.म.न.पा. वडा नं. ०९
नमराज न्यौपाने (३३), ऐ.ऐ.
बुद्धि सागर न्यौपाने (४३), ऐ.ऐ.
मुना न्यौपाने (३९), ऐ.ऐ.

प्रहरीका अनुसार मुद्दा अनुसन्धानको क्रममा रहेकाले थप विवरण अनुसन्धान पूरा भएपछि मात्र सार्वजनिक हुनेछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia