इनरुवा नगरपालिका–१० को जल्पापुर चम्राही टोलमा लागू औषध ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुनसरीले कारबाही गरेको छ।

प्रहरीले कारबाही गर्दा भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ०५ बस्ने ३० वर्षीय राम बहादुर यादवले को १ च ८२७९ नम्बरको टाटा पिकअप गाडीमा गाँजा लोड गर्दै गरेको भेटिएको थियो। उक्त गाँजा को तौल १४५४ किलो ८७० ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले यादवलाई लागू औषध गाँजा र पिकअप गाडीसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा ल्याई थप अनुसन्धान थालेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia