२८ फागुण, एजेन्सी । भारतको पश्चिम बंगालका २२ वर्षीय मोफिजुल रहिमा शेख मजदुरीमा पाएको ५० रुपैयाँबाट करोडपति बनेका छन् ।अघिल्लो दिन कामको खोजीमा पश्चिम बंगालबाट केरलाको कोझिकोड शहर पुगेका उनी मजदुरी गरेर कमाएको ५० रुपैयाबाट करोडपति बनेपछि घर फर्कने तयारीमा लागेका छन् ।
शेख बुधबार कोझिकोड पुगेर मजदुरी गरेर कमाएको पैसाले चिठ्ठाको टिकट खरिद गरेका थिए । सोही टिकटले उनको भाग्य खोलिदिएको छ ।
आफूलाई चिठ्ठा परेको थाहा पाएलगत्तै कसैले आफूले जितेको रकम चोरिदिन्छ कि भन्ने डरका कारण उनले प्रहरीमा पुगेर सुरक्षा मागेका थिए ।
सडकको किनारमा बसेर चिठ्ठाको टिकट बेचिरहेका एक अपांग व्यक्तिप्रतिको दयाका कारण उनले टिकट किनेका थिए ।तीन दिनपछि उनले चिठ्ठा आफूलाई परेको थाहा पाएपछि प्रहरीमा पुगेका थिए ।








