इटहरीमा लिम्बुवानको झण्डा :सुनसरी मोरङ झापालाई अलग्याए बिद्रोहको चेतावनी
तेज बन / इटहरी १६ असोज – सिमाङकनको बिषयलाई लिएर सुनसरी , मोरङ्ग र झापालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने चेतावनी दिदै आएको संघीय लिम्बुवान नेपालले शनिबार सुनसरीको इटहरीमा आफनो पार्टीको झण्डा गाडेको छ । पूर्वको केन्द्र इटहरी स्थित मुख्य चौकको पुर्वसाइडमा लिम्बुवानले आफनो पार्टीको झण्डा गाडेको हो । यस अघी पार्टीले सुनसरीको धरान स्थित भानुचौकमा झण्डा गाडेको थियो ।
अरुणपुर्वको ...







