प्रहरीकाे गाेली लागि २ जनाकाे मृत्यु, ५ घाइते [अपडेट]

माघ ७/ एमाले निकट युवा संघले आयोजना गर्न खोजेको सभा विथोल्ने प्रयासपछि मोरङको रंगेली आज तनावग्रस्त भएको छ । केहीबेर अघि मेधसी मोर्चाका कार्यकर्तालाई तितरवितर गर्न प्रहरीले केही राउण्ड अश्रुग्याँस र हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीकाे गाेली लागि २ जनाकाे मृत्यु भएकाे र ५ जना घाइते भएका माेरङका प्रमुख जिल्ला अधिकारी ताेयम रायले बताएका छन् । प्रज...

नेपाली नक्कली नोट छाप्ने गिरोह मेसिनसहित पक्राउ

नेपाली नक्कली नोट छाप्ने गिरोह मेसिनसहित पक्राउ
७ माघ, रौतहट । संगठित रुपमा नै नक्कली नोट बनाउने र बजारमा ल्याउने गिरोह पक्राउ गरेको छ । जाली नोट छापेर बजारमा वितरण गरेको आरोपमा मेसिनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा माघ ३ गते भन्सार कार्यालय नजिकैबाट पक्राउ परेका राम प्रवेश यादवसँग प्रहरीले १ हजारको एक थान नक्कली नोट बरामद गरेको थियो । यादवको बयानका आधारमा गौर-५ का मनोजकुमार महतो पक्राउ परेपछि अन्य चार कारोबारी...

रंगेलीमा प्रहरीको गोली लागि एकको मृत्यु- ५० राउन्ड हवाइ फायर

रंगेलीमा प्रहरीको गोली लागि एकको मृत्यु- ५० राउन्ड हवाइ फायर
रंगेली, माघ ७/ मोरङको रंगेलीमा प्रहरीको गोली लागि एक महिलाको मृत्यु भएको छ। रंगेलीमा युवासंघले आयोजना गरेको कार्यक्रम विथोल्न पुगेका मोर्चाका कार्यकर्ताले प्रहरी घेरा तोडेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो। प्रहरीको गोली लागि अन्दाजी ५८ वर्षीय द्रौपतीदेवि चौधरीको मृत्यु भएको हो। चोपडा घर भएकी चौधरी रंगेली बजारमा पाहुना आएकी थिइन्। काली मन्दिर नजिक प्रहरीले चलाएको गोली लागेर उनको घटनास्थल...

ग्यास कालोबजारीमा पक्राउ परेका म्यानेजर सार्वजनिक

ग्यास कालोबजारीमा पक्राउ परेका म्यानेजर सार्वजनिक
इनरुवा ५ माघ/ सुनसरीको रामधुनीभासी ४ स्थित रहेको गंगा ट्रेर्डस एण्ड सप्लायर्सबाट बरामद ग्यास सिलिण्डर सहित म्यानेजर टंक कोइरालालाई सुनसरी प्रहरीले आज सार्वजनिक गरेको छ । अवैध ग्यास भण्डारण गरी मनोमानी मूल्य लिएर कालोबजारी गर्ने गरेको सुचनाका आधामार हिजो साँझ प्रहरीले ट्रेर्डसमा छापा पारी ६७ थान ग्यास सिलिण्डर बरामद गरेको थियो । कामख्या ग्यासको मात्र आधिकारी विक्रेता रहेको गंगा ट्रेर्डसले मनो...

कालोबजारी तर्फ प्रशासनको ध्यानाकर्षण

इनरुवा ५ माघ / सामाजिक सरोकार समाज नेपाल इटहरी सुनसरीले कालोबजारी तथा अनियमितता सम्वन्धमा सुनसरी प्रशासनको ध्यानाकर्षण गराएको छ । समाजले सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई कालोबजारी तथा बढ्दो अनियमितता सम्वन्धमा ध्यानाकर्षण गराएको हो । मुलुकको विषम परिस्थितिको फाइदा उठाउँदै ग्यास, प्रेट्रोल लगायतका दैनिक उपभोग्य वस्तुको अभाव सृजना गरी कालोबजारीमा विक्रि वितरण हुने गरेको भन्दै समाजले...

मोटरसाइकल सहित सुपारी बरामद

मोटरसाइकल सहित सुपारी बरामद
इनरुवा ५ माघ / सुनसरी प्रहरीले भारतीय सीमावर्ति क्षेत्र बसन्तपुरबाट अवैध सुपारी सहित मोटरसाइकल बरामद गरेको छ । अवैध सुपारी कारोवारीमा संलग्न भने फरार भएकाले मोटरसाइकल सहित सुपारी बरामद गरि ल्याइएको प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा खटिएको सुरक्षा वेस क्याम्प वसन्तपुरको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकल सीमाक्षेत्रमा रोक्न खोजेपछि तस्करीमा संलग्न व्यक्ति मोटरसाइकल छाडी भागेको सुनसर...

दुर्घटनामा सईको ज्यान गयो

५ माघ विराटनगर/ कोसी राजमार्गको विराटनगरमा ट्रकको ठक्करले सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक जनार्दन तिम्सिनाको मृत्यु भएको छ । को १८ प ८८६८ नम्बरको मोटरसाईकलमा सवार तिम्सिनालाई ना २ ख ७९९० नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक र चालक रामसुन्दर चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तिम्सिना सशस्त्र प्रहरी सीमा सुरक्षा बल रानीमा...

बसबाट लडेर कामदारको मृत्यु

इनरुवा ५ माघ / सोनापुर स्थित रहेको अरिहन्त जुटमिलमा कार्यरत कामदारको बसबाट लडेर ज्यान गएको छ । बिराटनगर हुँदै चिमडी तर्फ आउँदै गरेको ना ३ ख ६५२७ नम्वरको बसबाट ओर्लने क्रममा लडेर ज्यान गएको हो । जुटमिलको उक्त बस कामदार लिएर उनिहरुलाई पुर्याउन विराटनगर हुँदै चिमडी पुगेको थियो । चिमडी ५ स्थित भित्री सडक खण्डमा बसबाट ओर्लने क्रममा स्थानीय ४० वर्षिय गुलावचन्द्र ठाकुरको मृत्यु भएको हो । गुडिरहे...

विस्फोट गराएको आरोपमा पाँचजनालाई जेल सजाय

ढाका, ४ माघ । बङ्गलादेशको एक अदालतले सोमबार पाच इस्लामिक आतङ्ककारीलाई १० बर्षको जेल सजाय दिएको छ । उनीहरुमाथि सन् २००५ का देशभर भीषण बम विष्फोटन गराएको आरोप लगाइएको छ । बङ्गलादेशको दक्षिणपूर्वी जिल्ला रङ्गामतीअवस्थित एक अदालतले प्रतिबन्ध लगाइएको समूह जमायेतुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबि) का पाच सदस्यलाई सो जेल सजाय सुनाएको बताइएको छ । ती दश आतङ्ककारीमाथि सन् २००५ मा दुईभन्दा बढी विस्फोटन गराइ...

खानेपानी पाउन रातभर जाग्राम बस्छन धरानवासीहरू

धरान, ४ माघ – सुख्खा मौसमको समयमा धरानका गृहणीहरु रातभरि सुत्दैनन् कारण घरमा घरमा प्रयोग पानीको जोहोको लागि उनीहरु रातिभरि नसुतेका हुन् । सुख्खा मौसम लागेपछि धरानमा पानीको अभाव प्रत्येक बर्ष चुलिदै गएको छ । यसको प्रमुख कारण बर्षेनी बढेको जनसंख्या र धारा जडानको संख्यामा वृद्धि हुनु हो । अभावसंगै १० देखि १२ दिनमा बल्ल वल्ल आफ्नो धारामा पानी आउने पालो भएपनि धारामा पानी नचुहिदा बाटोबाटोमा पाइप खोले...
trusted online casino malaysia