इनरुवाका वडाहरु प्रविधिमैत्री बन्दै
२० बैशाख, इनरुवा। प्रविधीमैत्री अवधारणाको सार्थकतालाई मध्यनजर गर्दै इनरुवा नगरपालिकाका वडाहरुले उक्त नीतिलाई अवलम्बन गर्न थालेका छन् । छिटो छरितो सेवा प्रवाहसँगै सहज कार्यसम्पादनलाई मध्यनजर गर्दै वडा कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधीमैत्री बनाउन थालिएको हो ।
इनरुवाका १० वटा वडा मध्ये १, २, ८ र १० नम्बर वडा बाहेकका ६ वटा वडा कार्यालयले पहिलो प्राथमिकताका कार्यहरुलाई अनलाइन सिस्टम मार्फ...












