विद्यार्थीलाई भाडा छुट नदिएको भन्दै चक्काजाम
५ पुस, काठमाडौं । नाकाबन्दीको बाहना बनाएर सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडा सहुलिय नदिएको भन्दै अस्कल क्याम्पसका विद्यार्थीले आइतबार लैनचोर आसपासको सडकमा चक्काजाम र नाराबाजी गरेका छन् ।
यातायात व्यवसायीहरुले नाकाबन्दीको बाहनाबाजी गर्दै विद्यार्थीलाई छुट दिन छाडेको विद्यार्थीहरुको गुनासो छ । नाकाबन्दी सुरु भएसँगै सवारी साधनले विद्यार्थीहरुलाई कार्ड देखाउँदा पनि भाडामा सहुलियत दिन छाडेका...









