सरकारी स्कुलका विद्यार्थी नै कलेजका अब्बल
काठमाडौं , १७ मंसिर । रसुवाका सनतकुमार आचार्य कहिल्यै निजी शिक्षालय पुगेनन्। एसएलसी रसुवाकै सरकारी स्कुल नीलकण्ठ उच्च माविबाट उत्तीर्ण गरे, प्लस टु त्यहीँबाट सके। स्नातक राजधानीको रत्नराज्य क्याम्पसमा पढे। त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरबाट स्नातकोत्तर सक्दा उनको हातमा पर्यो तीनवटा पदक।
गणितका विद्यार्थी आचार्यले स्नातकोत्तरमा ९४.९५ प्रतिशत अंक ल्याई विशिष्ट श्रेणीमा प्रथम हुँदै चान्सलर प...






