मधुवनको भगवानराम निमावि दलित मैत्री विद्यालय घोषणा
२५ असोज इनरुवा
सुनसरीको मधुवन २ स्थित रहेको भगवान राम निमाविलाई दलित मैत्री विद्यालय घोषणा गरिएको छ ।तोकिएका सूचकाङ्कहरु पुरा गरेको आधारमा सरोकारवालाहरुले आज सो विद्यालयलाई दलित मैत्री विद्यालय घोषणा गरेका हुन् ।१८ सूचकलाई आधारमानी जिल्लाका विभिन्न १० वटा विद्यालयमा गरिएको अनुगमन पश्चात भगवान राम निमाविलाई जिल्लाको पहिलो दलित मैत्री तथा समावेशी विद्यालय घोषणा गरिएको हो ।
सुनसरीका सहायक जिल्ल...






