12166278_954162004631727_452623405_n.jpgAmar

२५ असोज इनरुवा
सुनसरीको मधुवन २ स्थित रहेको भगवान राम निमाविलाई दलित मैत्री विद्यालय घोषणा गरिएको छ ।तोकिएका सूचकाङ्कहरु पुरा गरेको आधारमा सरोकारवालाहरुले आज सो विद्यालयलाई दलित मैत्री विद्यालय घोषणा गरेका हुन् ।१८ सूचकलाई आधारमानी जिल्लाका विभिन्न १० वटा विद्यालयमा गरिएको अनुगमन पश्चात भगवान राम निमाविलाई जिल्लाको पहिलो दलित मैत्री तथा समावेशी विद्यालय घोषणा गरिएको हो ।
सुनसरीका सहायक जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले औपचारिक कार्यक्रमकावीच उक्त विद्यालयलाई दलित मैत्री घोषणा गर्नुभएको हो ।प्लान नेपालको सहकार्य दलित गैसस महासंघ पूर्वाञ्चलले जिल्लामा दलित मैत्री विद्यालय अभियान संचालनमा ल्याएको हो ।महासँघका कावा अध्यक्ष डिबि साह शंकरले छात्रवृति वितरण, दलित समावेशिकरणका साथै अन्य सेवा सुविधा, पठनशैली जस्ता कुरालाई मध्यनजर गर्दै जिल्लामा ५ वटा विद्यालयलाई दलित मैत्री विद्यालय घोषणा गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia