रोट्रयाक क्लवको निशुल्क आँखा शिवीर इटहरीमा
२१ पौष, इटहरी। सुनसरीको इटहरी ८ टेंग्रा टोलीमा वसोवास गर्दै आएका विपन्न वर्गमा बालवालिकाहरुलाई लक्षित गरी रोट्रयाक क्लव इटहरीले निशुल्क आँखा शिवीर सम्पन्न गरेको छ ।
आँखा शिवीरमा सेतो गुँरास बालबाटिका आधारभुत विद्यालयमा अध्ययनरत वालवालिका तथा आसपासका वालवालिकाहरुको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षणका क्रममा तीन जना वालवालिकाको दृष्टि क्षमता कमजोर भएको पाइएको स्वास्थ्यकर्मी अनिल कार्कीले जा...










