१९ पौष, रबिन्द्र बराल रंगेली। जिल्ला जनस्वास्थ्य कार्यलय माेरङ र सुनाैलाे परिवार नेपाल (मेरी स्टाेप्स) काे संयुक्त अायाेजनामा माेरङकाे अतिविपन्न घर परिवारका महिलाहरुकालागि नि:शुल्क मिनिल्याप तथा पुरुषहरुकालागि भ्यासेक्टाेमि सञ्चालन गरेको छ।

उक्त संस्थाले झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र , डाईनियाँ स्वास्थ्य चाैकी, कर्सिया स्वास्थ्य चाैकी, मझारे स्वास्थ्य चाैकी , वुधनगर स्वास्थ्य चाैकी, शिश्वनी वडहरा स्वास्थ्य चाैकी, डांगिहाट स्वास्थ्य चाैकी, बैजनाथपुर स्वास्थ्य चाैकी, रानी प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उक्त शिविर काे अायाेजना गरिएकाे संस्थाकि व्यवस्थापक सुजाना वस्नेतले बताईन । एक महिलाले भनिन् हामी जस्तो गरिव महिलाहरुकाे लागि यस्तो शिविरले निकै राम्रो भएको र घरै नजिकै अाफुले मिलिल्याप गरेकोमा अाफु खुशी भएको बताईन।

बिराटनगर गएर मिनिल्याप गर्दे घरकाे दुई देखि तीन जना सम्म जानुपर्ने हुन्थियाे तर गाउँमै यसरी अाफुले मिनिल्याप गरेर निकै खुशि भएको अर्को महिलाले बताईन। त्यसैगरी झुर्किया स्वास्थ्य चाैकीमा २१ जना, डाईनिया स्वास्थ्य चाैकी १ सय ९९ सय , कर्सिया स्वास्थ्य चाैकीमा १ सय ९० जना महिलाहरुले मिनिल्याप गरेका छन। त्यस मध्येमा २५ बर्ष देखि ३५ बर्ष सम्मका महिलाहरुले मिनिल्याप गरेकाे डाक्टर सन्ताेष श्रेष्ठले बताए। उनका अनुसार अहिले सबै महिलाहरु सचेत भएको हुनाले दुईवटा सन्तान हुने बितिकै परिवार नियोजन गर्न थालेको र जन्संख्या बृद्धि समते कम भई रहेकाे उनले बताए याे शिविर अब १ महिना सम्म सञ्चालन हुने पनी जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia