प्रधानमन्त्री ओली भन्छन् : ‘जनतामा वाहवाही छु, पार्टीमा किन विरोध’
काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली नेकपा स्थायी समिति बैठकमा जवाफ दिँदा नेताहरूले प्रतिवाद गरेका छन् । ओलीको प्रतिवादमा एकपछि अर्को स्थायी समिति सदस्य उत्रिएपछि बिहीबार बैठक समापन हुन सकेन । अचानक स्थगित गरी बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डले पेस गरेको प्रतिवेदन पास गरेर बिहीबार नै बैठक सक्ने तयारी थियो । तर, ओलीको दुई घन्टा लामो जवाफ सकिएलगत्तै...












