काठमाडौं । सरकारले पाँच देशका लागि राजदूत सिफारिस गर्दै तीन देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । फिर्ता बोलाइएका राजदूतलाई तीन साताको समय दिइएको छ । समाचारकाे अनुसार सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवहरू गणेशप्रसाद ढकाल, मणिप्रसाद भट्टराई, भृगु ढुंगाना, दुर्गाप्रसाद भण्डारी र दीपक अधिकारीलाई राजदूत सिफारिस गरेको हो ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव ढकाललाई थाइल्यान्डका लागि आवासीय तथा कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो । उनलाई एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक र सामाजिक आयोग र एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीका लागि स्थायी प्रतिनिधिसमेत तोक्ने निर्णय सरकारले गरेको छ । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia