मेलम्ची आयोजना : ठेकेदारले काम छाड्याे, भाग्न खाेज्ने ८ कर्मचारी नियन्त्रणमा
काठमाडौँ / इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी अायाेजनाकाे सुन्दरीजलस्थित सुरुङ अखिल्तिर अलपत्र निर्माण सामग्री । यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडाैं ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित लक्ष्य अन्योलमा ...












