काठमाडौं । सुनील महर्जन, सरकारले ल्याउन लागेको कर्मचारी समायोजन अध्यादेशप्रति विभिन्न कर्मचारी संगठनले असन्तुष्टि जनाएका छन् ।समायोजनमा जाने कर्मचारीहरुको सेवा, सर्त र सुविधासम्बन्धी कानुन नबनाई समायोजन अध्यादेश ल्याउन लागिएकाले उनीहरूले असन्तुष्टी जनाएका हुन् ।उनीहरूले समायोजन भएर प्रदेश वा स्थानीय तहमा जाँदा कर्मचारीको कानुनी सेवा, सर्त, सुविधा के हो रु भन्नेबारे अध्यादेशमा कुनै पनि व्यवस्था नगरिएकोमा आपत्ति जनाएका हुन् ।

साथै उनीहरूले अध्यादेश विभेदकारी रहेको आरोप लगाएका छन् । अध्यादेशमा उल्लिखित उपसचिवसम्मलाई मात्र समायोजन गरेर पठाउने र सहसचिवलाई संघबाटै खटाउने भन्ने विषय विभेदकारी रहेको उनीहरूको आरोप छ ।आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्य ढकालले कर्मचारी समायोजन मुख्यसचिवबाटै शुरु गर्नुपर्ने बताउनुभयो ।

अध्यादेश विभेदकारी रहेको बताउँदै राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष गोपाल सिंह धामीले भन्नुभयो–संघबाट स्थानीय र प्रदेशमा खटिने कर्मचारीहरुका सेवा सुविधा, वृति विकास बारे अध्यादेशमा केही भनिएको छैन । यसबारे कर्मचारीमा अन्यौल छाएको छ ।’

‘अध्यादेशमा राजपत्रांकित कर्मचारीलाई घुमाउरो पाराले संघ, प्रदेश र स्थानीय तह जहाँ पनि जान पाउने व्यवस्था गरिएको छ । राजपत्र अनंकित, श्रेणीविहीन र प्राविधिक कर्मचारी प्रदेश र स्थानीय पदमा सीमित गरिएको छ ।’ उहाँले थप्नुभयो ।

अध्यादेशमा प्रदेश प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव, जिल्ला समन्वय अधिकारी र गाउँपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको पदमा सरकारले संघका कर्मचारी खटाउने व्यवस्था भएकाले उच्चपदस्थ कर्मचारी समायोजन हुनु नपर्ने र तल्लो तहका कर्मचारी मात्र हुनुपर्ने बाध्यता रहेको उनीहरूको बुझाई छ ।

नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन घिमिरेले पनि यो अध्यादेशले साना कर्मचारीलाई मात्र समायोजन गर्ने र ठूलाबडालाई नछुने भाव बोकेको तर्क गर्नुभयो ।

अध्यादेशमा राखिएको ‘प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवमा खटाउँदा सम्भव भएसम्म जेष्ठता र कार्यदक्षताको आधारमा खटाइनेछ’ भन्ने वाक्याँश सानालाई मात्र समायोजन गर्ने र ठूलालाई नगरे पनि हुने आशयले राखिएको कतिपय कर्मचारीको बुझाइ छ ।

‘समायोजन मुख्य सचिवबाट थाल्नुपर्छ’

आज स्थानीय तह ठप्प
देशभरका स्थानीय तहको कामकाज आज सोमबार ठप्प हुने भएको छ । केन्द्रबाट एक तह स्वतः बढुवा भएर कर्मचारी आउँदा वर्षैदेखि स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकासमा असर पर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रन लागेका हुन् । उनीहरूले आफूका मागबारे अध्यादेश मौन रहेको आरोप लगाएका छन् ।

नेकपा निकट स्थानीय तह कर्मचारी संघ तथा नेपाल राष्ट्रिय स्थानीय तह कर्मचारी संगठन, कांग्रेस निकट स्थानीय तह कर्मचारी युनियन र नगरपालिका कर्मचारी एसोसिएशनको संयुक्त बैठकले समायोजन विरुद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको थियो । माग पूरा नभए सोमबारपछि १० दिनसम्म अरु आन्दोलन ल्याउने उनीहरुले बताएका छन् ।

स्थानीय तह कर्मचारी युनियनका महासचिव रामप्रसाद पौडेलले सोमबार काम रोक्ने कार्यक्रम सांकेतिक मात्रै भएको बताउँदै स्थानीय तहमा कर्मचारी समायोजन गर्दा भएको विभेद भण्डाफोर गर्ने किसिमबाट आन्दोलन हुने जानकारी दिनुभयो ।

स्थानीय तहमा कार्यरत साढे ६ हजार अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले काठमाडौंको फोहोर व्यवस्थापन निजी क्षेत्रलाई दिँदा वर्षौदेखि कार्यरत कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने बताएका छन् ।

समायोजन प्रक्रिया शुरु
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले सम्बन्धित सेवा प्रदायक सरकारी निकायमा कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ । यस्तै ७ दिनभित्र विभिन्न मन्त्रालयहरुलाई दरबन्दी हेरफेर गर्नका लागि पत्र समेत पठाइएको छ ।

यसैगरी निजामती कितावखानामा पनि कर्मचारीको विवरण अध्यावधिक गर्न भनिएको छ । मन्त्रालयअन्तर्गत रहेको कर्मचारी समायोजन शाखाका उपसचिव अनिता निरौलाले कर्मचारीको ३ तहको दरबन्दीका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्रालयले कर्मचारीहरुको दरबन्दी विवरण संकलन गरेपछि त्यसलाई वेवसाइटमा राख्नेछ । दरबन्दीलाई अन्तिम रुप दिएपछि सफ्टवेयरलाई अन्तिम रुप दिने मन्त्रालयको तयारी छ । दरबन्दी र सफ्टवेयर निश्चित भएपछि २१ दिनको सूचना निकालेर समायोजन लागि आवेदनका सूचना निकालिने मन्त्रालयले जनाएको छ । कर्मचारीले अनलाइन आवेदन दिनेवित्तिकै निजामती किताव खानामा रहेको उनीहरुको व्यक्तिगत विवरण पनि सफ्टवेयरमा जोडिनेछ ।

कर्मचारी समायोजनका लागि सहजीकरण गर्न सातवटा प्रदेशमा सहसचिवको नेतृत्वमा ७ टोली खटाइँदै छ । यस्तो टोलीमा २ जना उपसचिव, ३ जना शाखा अधिकृत, एकजना कम्युटर कर्मचारी र सफ्टवेयर बनाउने टोलीको एक प्रतिनिधि रहनेछन् । समाचार नेपाल समाचारपत्रमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia